Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुकुम्बासी बस्तीमा सरकारको ‘डोजर आतंक’ मानवीयता विरुद्ध भीष्मराज आङ्देम्बे

काठमाडौँ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले ‘डोजर आतंक’ मच्चाएको भन्दै कडा आपत्ति जनाएका छन्। पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले सरकारको पछिल्लो कदम मानवीय…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले ‘डोजर आतंक’ मच्चाएको भन्दै कडा आपत्ति जनाएका छन्। पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले सरकारको पछिल्लो कदम मानवीय मूल्य र मान्यताको ठाडो उल्लंघन भएको आरोप लगाए।
नेता आङ्देम्बेले वास्तविक सुकुम्बासीको पहिचान र लगत संकलन नै नगरी हचुवाको भरमा बस्ती भत्काउँदा जनताको बिचल्ली भएको बताए। राज्यको यस किसिमको अदूरदर्शी कार्यशैलीले नागरिकलाई मर्न बाध्य पारेको भन्दै उनले गहिरो चिन्ता व्यक्त गरे।
डोजर चलाएर बस्ती उठाइएपछि अहिले होल्डिङ सेन्टरहरूमा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था अत्यन्तै दयनीय बनेको छ, आङ्देम्बेले भने, यो लापरबाहीका कारण केही व्यक्तिको मृत्यु समेत भइसकेको छ, जुन अत्यन्तै दुःखद र निन्दनीय छ।
उनले सरकारलाई आफ्नो व्यवहार तत्काल सुधार्न र अमानवीय कार्य बन्द गर्न चेतावनी दिएका छन्। यदि सरकारले यसैगरी दमन जारी राखेमा पीडित र सहयोगी हातहरू प्रतिवादमा उत्रन बाध्य हुने र त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्ने उनले प्रष्ट पारे।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/