Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्बेश जोशी पक्राउ

काठमाडौं — स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौँको खुर्सानीटार क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। सीआईबीका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौँको खुर्सानीटार क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।

सीआईबीका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार जोशीलाई आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ गरिएको हो। उनीमाथि नेपाल सरकारको सम्पत्तिमा हानि पुर्‍याउने उद्देश्यले अनियमितता गरेको आरोप लागेको छ।

स्मार्ट टेलिकमले लामो समयदेखि सेवा सञ्चालन गर्न नसकेको र इजाजत नवीकरण नगरेपछि २०८० वैशाखदेखि कम्पनी बन्द अवस्थामा रहेको छ। अनुसन्धानका क्रममा जोशीले सरकारी सम्पत्तिको दुरुपयोग गरी राज्यलाई आर्थिक नोक्सानी पुर्‍याएको प्रारम्भिक निष्कर्ष सीआईबीले निकालेको छ।

४५ वर्षीय जोशीलाई सोमबार पक्राउ गरिएको हो र हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/