Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

थवाङको जलजलामा जिप दुर्घटना :१७ जनाको मृत्यु, उद्धार कार्य जारी

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका १ स्थित जलजलामा बिहीबार एउटा जिप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप सडकबाट करिब ८…


विज्ञापनAdvertisement Banner
1 min read

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका १ स्थित जलजलामा बिहीबार एउटा जिप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप सडकबाट करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको हो ।
प्रहरीका अनुसार वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने विशेष मेला भर्न जाँदै गरेका यात्रुहरू उक्त जिपमा सवार थिए । हालसम्म घटनास्थलबाट १७ जनाको शव संकलन गरिएको छ । दुर्घटनाको खबर लगत्तै प्रहरी र स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका छन् । निकै अप्ठ्यारो भिरमा जिप खसेकाले उद्धारमा कठिनाइ भइरहेको र मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/