Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी र न्यून चापीय प्रणालीको प्रभाव कायम, चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं — देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै असरले देशभर आंशिकदेखि सामान्य बदली देखिएको छ।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै असरले देशभर आंशिकदेखि सामान्य बदली देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। विशेषगरी कोशी र मधेस प्रदेशका साथै हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

आज राति हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने अन्य स्थानहरूमा पनि छिटपुट वर्षा हुन सक्नेछ।

मौसमविद्हरूले चट्याङ्गसहित वर्षा र सम्भावित हावाहुरीबाट हुन सक्ने क्षतिबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/