Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

काठमाडौं चक्रपथ विस्तारका लागि चीनको ११ अर्ब अनुदान

काठमाडौं — काठमाडौं उपत्यकाको चक्रपथ विस्तार (दोस्रो चरण) का लागि चीन सरकारले ११ अर्ब रुपैयाँ अनुदान दिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उक्त सहयोगसम्बन्धी…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — काठमाडौं उपत्यकाको चक्रपथ विस्तार (दोस्रो चरण) का लागि चीन सरकारले ११ अर्ब रुपैयाँ अनुदान दिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उक्त सहयोगसम्बन्धी सम्झौतामा मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच हस्ताक्षर भएको हो।

सम्झौताअनुसार अब कलङ्कीदेखि वसुन्धरासम्म चक्रपथ विस्तार गरिनेछ। यसअघि पहिलो चरणअन्तर्गत कोटेश्वरदेखि कलङ्कीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ।

सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा कुनै अवरोध आउन नदिने प्रतिबद्धता जनाउँदै समस्या देखिए तत्काल समाधानका लागि पहल गरिने बताए। उनले उत्तर–दक्षिण जोड्ने सडक सञ्जाल निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै पूर्वाधार विकासमा चीनबाट थप लगानी भित्रिने विश्वास व्यक्त गरे।

यसैबीच, राजदूत चाङ माओमिङले नेपालमा लगानीका लागि अनुकूल वातावरण बनेमा चिनियाँ लगानीकर्ताको आकर्षण अझ बढ्ने बताए। उनले नेपाल–चीन सहकार्यले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/