Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

धितोपत्र सम्बन्धी कसुरमा पक्राउ परेका शेखर गोल्छालाई,चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष एवं प्रतिष्ठित व्यवसायी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार काठमाडौँबाट नियन्त्रणमा लिएको थियो। गोल्छामाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कानूनी व्यवस्था विपरीतको कार्य…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष एवं प्रतिष्ठित व्यवसायी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार काठमाडौँबाट नियन्त्रणमा लिएको थियो।
गोल्छामाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कानूनी व्यवस्था विपरीतको कार्य गरेको आरोप लागेको छ। सोही कसुरमा आवश्यक अनुसन्धान अघि बढाउन सीआईबीले उनलाई हिरासतमा लिएको बताइएको छ।
यसैबीच, काठमाडौँ जिल्ला अदालतले गोल्छालाई थप अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। पक्राउ परेका गोल्छामाथि धितोपत्र बजारसँग सम्बन्धित कस्तो प्रकारको अनियमितता वा कसुर भएको हो भन्नेबारे सीआईबीले विस्तृत अनुसन्धान गरिरहेको छ। उद्योग वाणिज्य क्षेत्रका एक प्रभावशाली व्यक्तित्व पक्राउ परेपछि व्यावसायिक वृत्तमा यसले विशेष चर्चा पाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/