बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सडक बोर्डले माग्यो कार्यकारी निर्देशक

काठमाडौं — सडक बोर्ड नेपालले कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भएको छ। बोर्डले तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। कार्यकारी निर्देशक पदका लागि सिभिल…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — सडक बोर्ड नेपालले कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भएको छ। बोर्डले तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ।

कार्यकारी निर्देशक पदका लागि सिभिल इन्जिनियरिङ वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको र इन्जिनियरिङ वा सडक व्यवस्थापनसँग सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने बोर्डले जनाएको छ।

उम्मेदवारले दरखास्तसँगै व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, कार्य अनुभवसम्बन्धी प्रमाणित कागजात तथा नेपाल इन्जिनियरिङ परिषद्को प्रमाणपत्र पेस गर्नुपर्नेछ। सरकारी निकायमा कार्यरत कर्मचारीले सम्बन्धित निकायबाट लिएको पूर्वस्वीकृतिसमेत पेस गर्नुपर्नेछ।

बोर्डका अनुसार उम्मेदवारले सडक बोर्ड ऐन, २०५८ तथा सम्बन्धित नियमावलीको उद्देश्यअनुसार कार्यकारी निर्देशकका रूपमा पुर्‍याउन सक्ने योगदान, कार्यान्वयन गर्ने रणनीति र कार्ययोजनासहितको कार्यपत्रसमेत पेस गर्नुपर्नेछ।

गैरनेपाली नागरिक, ३५ वर्ष पूरा नभएका वा ६० वर्ष उमेर नाघेका व्यक्ति उक्त पदका लागि उम्मेदवार बन्न पाउने छैनन्। त्यस्तै, प्रचलित कानुनबमोजिम कालोसूचीमा परेका, तोकिएका गम्भीर फौजदारी कसुरमा सजाय पाएका, विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्ति पनि अयोग्य हुने बोर्डले जनाएको छ।

कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ। सेवा सुविधा, कार्यसम्पादन मूल्याङ्कनका आधार तथा नियुक्तिसम्बन्धी अन्य व्यवस्था सडक बोर्ड ऐन, २०५८ र सम्बन्धित नियमावलीबमोजिम हुने जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *