Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

गणपति लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहमा कर्मचारी माग गरेको छ। कम्पनीले व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो। कर्मचारीहरूलाई केन्द्रीय कार्यालय, अनुगमन तथा शाखा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहमा कर्मचारी माग गरेको छ। कम्पनीले व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

कर्मचारीहरूलाई केन्द्रीय कार्यालय, अनुगमन तथा शाखा कार्यालयमा खटाइने कम्पनीले जानकारी दिएको छ। व्यवस्थापकीय श्रेणीका लागि स्नातक तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको अनुभव आवश्यक रहेको छ।

अधिकृत श्रेणीका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी ५ देखि ७ वर्ष र सहायक श्रेणीका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा ४ वर्ष लघुवित्त क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने उल्लेख गरिएको छ।

सम्बन्धित पदमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ। सबै पदका लागि अन्तर्वार्ता मार्फत उम्मेदवार छनोट गरिनेछ। इच्छुक व्यक्तिले साउन १३ गतेभित्र आफ्नो बायोडाटा, पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपिलगायत आवश्यक कागजात इमेलमार्फत् वा बेवसाइटमार्फत् आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/