Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

इजरायलमा १ हजार ४६४ नेपालीका लागि रोजगारी खुल्यो

काठमाडौं — इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने नेपाली सहायक कामदारका लागि आवेदन आह्वान गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले नेपालबाट १ हजार ४६४ जना कामदार लैजान लागेको हो। मागअनुसार १…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने नेपाली सहायक कामदारका लागि आवेदन आह्वान गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले नेपालबाट १ हजार ४६४ जना कामदार लैजान लागेको हो।

मागअनुसार १ हजार १३२ जना महिला र ३३२ जना पुरुष छनोट गरिनेछन्। आवेदन दिन २५ वर्ष उमेर पूरा भएको र ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ।

विभागले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म आवेदन खुला रहने जनाएको छ। इच्छुक उम्मेदवारले विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

छनोटमा परेका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन्। यसबाहेक इजरायलको श्रम कानुनअनुसार अतिरिक्त समय काम गरेबापतको पारिश्रमिक तथा सुविधा पनि प्राप्त गर्ने व्यवस्था रहेको विभागले जनाएको छ।

कामदारले प्रत्येक साता ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ। सातामा एक दिन बिदाको व्यवस्था गरिएको छ भने वार्षिक बिदा इजरायलको प्रचलित श्रम कानुनअनुसार हुनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/