बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

विदेशी मुद्रा भुक्तानी र सटहीको सीमा बढ्यो

काठमाडौं — नेपाल राष्ट्र बैंकले विभिन्न कारोबार तथा सेवामा विदेशी मुद्रा भुक्तानी र सटहीको सीमा बढाएको छ। संशोधित व्यवस्थाअनुसार विदेशमा उपचारका लागि नेपाली नागरिकले अब वार्षिक ३० हजार डलरसम्म सटही सुविधा पाउनेछन्।…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — नेपाल राष्ट्र बैंकले विभिन्न कारोबार तथा सेवामा विदेशी मुद्रा भुक्तानी र सटहीको सीमा बढाएको छ।

संशोधित व्यवस्थाअनुसार विदेशमा उपचारका लागि नेपाली नागरिकले अब वार्षिक ३० हजार डलरसम्म सटही सुविधा पाउनेछन्। यसअघि सीमा १५ हजार डलर थियो।

नेपाली वायुसेवा कम्पनीले विमानका इन्जिन तथा पार्टपुर्जा आयात वा मर्मतका लागि ५ लाख डलरसम्म अग्रिम भुक्तानी गर्न सक्ने भएका छन्। यसअघि सीमा १ लाख डलर थियो।

दूरसञ्चार कम्पनीले सेटेलाइट सेवा भाडामा लिन वार्षिक ५ लाख डलरसम्म भुक्तानी गर्न सक्नेछन्।

भारतमा सेवा खरिदबापत गरिने भुक्तानीको सीमा पनि बढाएर ६० लाख भारतीय रुपैयाँ पुर्‍याइएको छ।

त्यस्तै, सेवा निर्यातबाट विदेशी मुद्रा आर्जन गर्ने कार्ड प्रयोगकर्ताको कार्ड मौज्दात सीमा १० हजार डलर र विदेशमा खर्च गर्न पाउने वार्षिक सीमा पनि १० हजार डलर पुर्‍याइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *