
काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्म नेपालमा क्यूआर कोडमार्फत हुने कारोबारको संख्या बढेको छ भने कारोबार रकम घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचकअनुसार क्यूआर कोडमार्फत हुने कारोबारको संख्यामा वृद्धि भए पनि कारोबार रकममा भने गिरावट आएको हो।
राष्ट्र बैंकका अनुसार असार मसान्तबाट साउन मसान्तसम्म क्यूआरमार्फत हुने कारोबार रकम २६ अर्ब ७७ करोड ५० लाख रुपैयाँले बढेर १ खर्ब ८९ अर्ब ९० करोड ६० लाख रुपैयाँ पुगेको थियो। तर, साउन मसान्तबाट भदौ मसान्तसम्म आइपुग्दा कारोबार रकम २५ अर्ब ४७ करोड ९० लाख रुपैयाँले घटेर १ खर्ब ६४ अर्ब ४२ करोड ९० लाख रुपैयाँ मा सीमित भएको छ।
यता, कारोबार संख्यामा भने निरन्तर वृद्धि भएको देखिन्छ। असार मसान्तबाट साउन मसान्तसम्म क्यूआर कारोबार संख्या ५९ लाख ६९ हजार ७७० ले बढेर ६ करोड ९५ लाख ८९ हजार ९७७ पुगेको थियो।
भदौ मसान्तसम्म आइपुग्दा कारोबार संख्या थप २८ लाख ९३ हजार ३२५ ले बढेर ७ करोड २४ लाख ३८ हजार ३०२ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।






Leave a Reply