बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सिद्धार्थ बैंकद्वारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं — सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापूँजी…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापूँजी १४ अर्ब ७९ करोड रुपैयाँको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

साथै बैंकले अग्राधिकार शेयरका लागि ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव समेत गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *