Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

१५ प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा, बूक क्लोज कहिले?

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३२औँ वार्षिक साधारणसभा असोज १४ गते बोलाएको छ। बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको ४०३औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो। बैंकका अनुसार साधारणसभा काठमाडौँको भाटभटेनीस्थित…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३२औँ वार्षिक साधारणसभा असोज १४ गते बोलाएको छ। बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको ४०३औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो।

बैंकका अनुसार साधारणसभा काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे सुरु हुनेछ। सभामा बैंकको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणदेखि लाभांश वितरणसम्मका विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ।

सभामा बैंकले आफ्ना शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ। त्यस्तै बोनस शेयरमा लाग्ने करसमेत समेटेर १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित गराउने एजेण्डा रहेको छ।

बैंकले प्रस्तावित बोनस शेयर जारी गरेपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत सभामा लैजाने भएको छ।

यसैगरी आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरिएको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा राखिएको छ। सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ। अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्ने तथा विविध विषयमा छलफल गर्ने कार्यसूची पनि रहेको छ।

साधारणसभा प्रयोजनका लागि बैंकले असोज १ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। जसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/