Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्तलाई प्राप्ति गरेपछि एकीकृत संस्थाका रूपमा कारोबार…


विज्ञापनAdvertisement Banner
1 min read

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ।

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्तलाई प्राप्ति गरेपछि एकीकृत संस्थाका रूपमा कारोबार सञ्चालन गर्न लागेकाले नेप्सेले शेयर कारोबार रोक्का गरेको हो।

स्वरोजगार लघुवित्तले आगामी भदौ २१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने तयारी गरेको छ। सोही प्रक्रियाअन्तर्गत ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा ९ ९३० अनुसार विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार २०८३ भदौ १८ गते भएको निर्णयअनुसार विन नेपाल लघुवित्तको शेयर कारोबार भदौ २१ गतेदेखि लागू हुने गरी रोक्का रहनेछ।

विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रिया पूरा भइसकेकाले अब दुवै संस्थाको कारोबार एकीकृत भई स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सञ्चालन हुने भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/