Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बैंक तथा वित्तीय संस्थामा निक्षेप ५.७ प्रतिशतले वृद्धि

काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म निक्षेप ५.७ प्रतिशतले वृद्धि भएको हो। केन्द्रीय बैंकका अनुसार…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म निक्षेप ५.७ प्रतिशतले वृद्धि भएको हो।

केन्द्रीय बैंकका अनुसार यस अवधिमा निक्षेप ४ खर्ब १७ अर्ब ४८ करोड रुपैयाँले बढेर कुल ७६ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने निक्षेप वृद्धि दर ३.७ प्रतिशत (२ खर्ब ३९ अर्ब ६ करोड रुपैयाँ) मात्र रहेको थियो।

वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.८ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

निक्षेप संरचनातर्फ हेर्दा, कुल निक्षेपमध्ये चल्ती निक्षेप ६.९ प्रतिशत, बचत निक्षेप ४१.३ प्रतिशत र मुद्दती निक्षेप ४२.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अनुपात क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.६ प्रतिशत रहेका थिए। यसले बचत निक्षेपको हिस्सा बढ्दै गएको र मुद्दती निक्षेपको हिस्सा घट्दै गएको संकेत गर्दछ।

यस्तै, २०८२ पुस मसान्तसम्म कुल निक्षेपमध्ये संस्थागत निक्षेपको हिस्सा ३५.१ प्रतिशत रहेको छ। २०८१ पुस मसान्तमा यस्तो हिस्सा ३५.५२ प्रतिशत थियो।

विश्लेषकहरूका अनुसार बैंकिङ प्रणालीमा तरलता सुधार, रेमिट्यान्स आप्रवाह तथा आर्थिक गतिविधिमा क्रमिक सुधारका कारण निक्षेप वृद्धि भएको हुन सक्ने आकलन गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/