Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अन्तर–बैंक कारोबारमा तीव्र गिरावट, सात महिनामा ६ खर्ब ३६ अर्बमै सीमित

काठमाडौं — नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षमा अन्तर–बैंक कारोबारमा उल्लेखनीय गिरावट आएको देखाएको छ। एक बैंक तथा वित्तीय संस्थाले अर्को संस्थासँग गर्ने यस्तो कारोबार घट्दै गएको संकेत प्राप्त भएको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षमा अन्तर–बैंक कारोबारमा उल्लेखनीय गिरावट आएको देखाएको छ। एक बैंक तथा वित्तीय संस्थाले अर्को संस्थासँग गर्ने यस्तो कारोबार घट्दै गएको संकेत प्राप्त भएको हो।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा वाणिज्य बैंकहरूले ५ खर्ब ५९ अर्ब ८६ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले ७६ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्। यस अवधिमा कुल अन्तर–बैंक कारोबार ६ खर्ब ३६ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ।

तर, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार उल्लेखनीय रूपमा उच्च थियो। त्यतिबेला वाणिज्य बैंकहरूले ९ खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले १ खर्ब २ अर्ब २० करोड रुपैयाँ कारोबार गर्दै कुल १० खर्ब ४० अर्ब १ करोड रुपैयाँ पुगेको थियो।

तथ्यांकले एक वर्षमै अन्तर–बैंक कारोबारमा ठुलो संकुचन आएको देखाएको छ, जसले बैंकिङ प्रणालीमा तरलता अवस्था, कर्जा प्रवाह तथा समग्र वित्तीय गतिविधिमा प्रभाव पर्न सक्ने संकेत गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/