Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ज्योति विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं -  ज्योति विकास बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न सभामा शेयरधनी, सञ्चालक समितिका सदस्य, पूर्व सञ्चालक, बैंकका…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं –  ज्योति विकास बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न सभामा शेयरधनी, सञ्चालक समितिका सदस्य, पूर्व सञ्चालक, बैंकका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन अध्यक्ष खड्काले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ।

त्यसैगरी, बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि सभाले छलफल गरी पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएको बैंकले जनाएको छ।

सभामा अध्यक्ष खड्काले वार्षिक प्रतिवेदनको संक्षिप्त प्रस्तुति दिएका थिए भने प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षा अवधिमा बैंकले हासिल गरेका प्रमुख उपलब्धिहरूको जानकारी गराएका थिए। सो क्रममा शेयरधनीहरूले उठाएका जिज्ञासा र सुझावहरूमा अध्यक्ष खड्का र सीईओ ढकालले जवाफ दिएका थिए।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यमा योगदान दिँदै आएको जनाएको छ। नवजात शिशुको अकाल मृत्यु रोकथामका लागि ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २ हजार ५ सय ९० भन्दा बढी शिशुको जीवन रक्षा गर्न सहयोग पुगिरहेको बैंकले उल्लेख गरेको छ।

गत आर्थिक वर्षमा बैंकले करस्वरूप ४१ करोड रुपैयाँ सरकारलाई योगदान गरेको जनाएको छ। हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ। बैंकले हाल देशभर ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/