Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बैंकिङ प्रणालीबाट ६ दिनका लागि रु. १०० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं — बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले पुनः निक्षेप संकलन उपकरणमार्फत ६ दिनका लागि रु. १०० अर्ब रकम खिच्ने भएको छ। केन्द्रीय बैंकका अनुसार आज दिउँसो ३ बजे…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले पुनः निक्षेप संकलन उपकरणमार्फत ६ दिनका लागि रु. १०० अर्ब रकम खिच्ने भएको छ।

केन्द्रीय बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोलमार्फत उक्त रकम संकलन गरिनेछ। बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत नबढ्दा तरलता फालाफाल रहेकाले बजार सन्तुलनका लागि यो कदम चालिएको हो।

राष्ट्र बैंकले जनाएको अनुसार निक्षेप दिन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम रु. १० करोडदेखि आह्वान गरिएको कुल रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सकिने व्यवस्था गरिएको छ।

६ दिने अवधिको यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी फागुन २५ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह सुस्त बन्दै जाँदा अधिक तरलता देखिएको छ। यसैकारण बैंकहरू करिब ३ प्रतिशत हाराहारीको न्यून ब्याजदरमा समेत केन्द्रीय बैंकलाई रकम दिन बाध्य भइरहेका छन्।

राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि समय–समयमा निक्षेप संकलन, रिपो तथा रिभर्स रिपो जस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/