Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा अनिल जोशी नियुक्त

काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेड को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल जोशी नियुक्त भएका छन्। यसअघि कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका जोशीलाई सञ्चालक समितिको निर्णयअनुसार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेड को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल जोशी नियुक्त भएका छन्। यसअघि कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका जोशीलाई सञ्चालक समितिको निर्णयअनुसार सीईओ पदमा नियुक्त गरिएको हो।

कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको जनाएको छ। उनको कार्यकाल फागुन २३ गतेदेखि औपचारिक रूपमा लागू हुने कम्पनीले जानकारी दिएको छ।

वित्तीय क्षेत्रमा लामो अनुभव बोकेका जोशीले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। उनको नेतृत्वमा कम्पनीले सेवा विस्तार, पूँजी सुदृढीकरण तथा डिजिटल बैंकिङ सेवा प्रवर्द्धनमा जोड दिने अपेक्षा गरिएको छ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ग’ वर्गको वित्तीय संस्था हो। कम्पनीले निक्षेप संकलन, कर्जा प्रवाह तथा विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/