Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न

काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम फागुन ५ देखि ७ गतेसम्म होटल पोखरा ग्रान्डमा दुई रात तीन दिनसम्म आयोजना गरिएको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम फागुन ५ देखि ७ गतेसम्म होटल पोखरा ग्रान्डमा दुई रात तीन दिनसम्म आयोजना गरिएको थियो।

कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ। जसअन्तर्गत ६७ जना एमडीआरटी, २ जना सिओटी तथा १ जना टिओटी क्वालिफायर रहेका थिए। साथै उत्कृष्ट कार्यसम्पादन गरेका सिनियर एजेन्सी म्यानेजर, शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरूको समेत सहभागिता रहेको थियो।

उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरहरूलाई सम्मान गर्नुका साथै आगामी व्यावसायिक लक्ष्य तथा रणनीतिबारे छलफल र सशक्त प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रख्यात सेल्स कोच तथा मोटिभेशनल स्पीकर डा. रबिन कटवाल ले विशेष प्रशिक्षण सत्र सञ्चालन गर्दै सहभागीहरूलाई व्यक्तिगत तथा व्यावसायिक विकासबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कम्पनीका प्रशिक्षण विभाग प्रमुख कुबेर पाठक, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल तथा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले आ–आफ्नो प्रस्तुति तथा मार्गदर्शन प्रदान गरेका थिए।

त्यसैगरी कम्पनीका ब्राण्ड एम्बेसडरहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य को विशेष उपस्थिति रहेको थियो। उनीहरूले हाँस्य–व्यंग्यमार्फत सहभागीहरूलाई उत्साह प्रदान गर्नुका साथै एमडीआरटी क्वालिफायरहरूलाई सम्मान गरेका थिए।

समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कम्पनीको निरन्तर प्रगति र सफलताको प्रमुख आधार सिटिजन लिडरहरूको समर्पण, प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादन रहेको उल्लेख गर्दै सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे। उनले आगामी दिनहरूमा अझै उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।

कम्पनीका अनुसार कार्यक्रम भव्य, प्रभावकारी तथा पूर्ण रूपमा सफल रहेको र यस्ता कार्यक्रमहरूले लिडरहरूलाई थप उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवसाय विस्तार र व्यक्तिगत क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/