Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मेटलाइफ बन्यो विश्वको सबैभन्दा विश्वासिलो र ग्राहकले रुचाएको बीमा कम्पनी

काठमाडौं – मेटलाइफ लगातार सातौँ वर्ष फर्च्युन पत्रिकाद्वारा विश्वको सबैभन्दा विश्वासिलो र ग्राहकले रुचाएको बीमा कम्पनीमध्ये एक घोषित भएको छ। कम्पनीले सन् २०२६ को जीवन र स्वास्थ्य बीमा श्रेणीमा शीर्ष स्थान हासिल…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – मेटलाइफ लगातार सातौँ वर्ष फर्च्युन पत्रिकाद्वारा विश्वको सबैभन्दा विश्वासिलो र ग्राहकले रुचाएको बीमा कम्पनीमध्ये एक घोषित भएको छ।

कम्पनीले सन् २०२६ को जीवन र स्वास्थ्य बीमा श्रेणीमा शीर्ष स्थान हासिल गरेको छ। यो उपलब्धिले मेटलाइफको लामो समयदेखिको प्रतिष्ठा, निरन्तर प्रदर्शन र वित्तीय सेवा क्षेत्रमा नेतृत्वदायी स्थानलाई प्रतिबिम्बित गर्दछ।

मेटलाइफका अध्यक्ष तथा सीईओ मिसेल खलाफले भने, “लगभग १६० वर्षदेखि मेटलाइफले मानिसहरुलाई आत्मविश्वासका साथ अगाडि बढ्न मद्दत गर्दै आएको छ। यो मान्यताले हाम्रो व्यावसायिक क्षमता, कर्मचारीको योगदान र विश्वभरका ग्राहक, सहकर्मी तथा समाजप्रतिको जिम्मेवारीप्रतिको दृढ प्रतिबद्धतालाई देखाउँछ।”

फर्च्युन पत्रिकाले २५ वर्षभन्दा बढी समयदेखि प्रसिद्ध अमेरिकी व्यवस्थापन परामर्शदाता कोर्न फेरीसँगको सहकार्यमा विभिन्न उद्योगका सबैभन्दा प्रशंसित र विश्वासिला कम्पनीहरुको सूची तयार गर्दै आएको छ।

वित्तीय क्षेत्रका शीर्ष कार्यकारी, निर्देशक र सदस्यहरुले नविन क्षमता, दीर्घकालीन लगानी मूल्य, वित्तीय शक्ति र दक्ष कार्यबललाई आकर्षित गर्ने तथा कायम राख्ने क्षमताजस्ता ९ सूचकका आधारमा कम्पनीको मूल्यांकन गर्छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/