Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले देशभरका विभिन्न शाखाहरूमा काम गर्नका लागि नयाँ कर्मचारी आवश्यक भएको जनाएको छ। बैंकले वरिष्ठ अधिकृत, अधिकृत र कनिष्ठ अधिकृत पदमा आवेदन खुला गरेको छ। इच्छुक उम्मेदवारहरूले…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले देशभरका विभिन्न शाखाहरूमा काम गर्नका लागि नयाँ कर्मचारी आवश्यक भएको जनाएको छ। बैंकले वरिष्ठ अधिकृत, अधिकृत र कनिष्ठ अधिकृत पदमा आवेदन खुला गरेको छ। इच्छुक उम्मेदवारहरूले फागुन २० गतेसम्म आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार सो पदमा आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालय वा कलेजबाट व्यवस्थापनमा स्नातक डिग्री हासिल गरेको हुनु आवश्यक छ। साथै, बैंक वा वित्तीय संस्थामा शाखा प्रबन्धकको रूपमा कम्तिमा दुई वर्षको अनुभव भएको र शाखा सञ्चालन तथा क्रेडिट कार्यमा कुल छ वर्षको बैंकिङ्ग अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ। बैंकले उम्मेदवारको उमेर ४० वर्षभन्दा कम हुनु पर्ने पनि बताएको छ।

बैंकले योग्य र इच्छुक व्यक्तिहरूलाई समयमै आवेदन दिन र प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/