Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

व्यापार घाटा १७ खर्ब ८१ अर्ब नाघ्यो, आयातको रफ्तार अझै तीव्र

काठमाडौं - आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको असार मसान्तसम्म कुल वैदेशिक व्यापार…


विज्ञापनAdvertisement Banner
2 min read
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

काठमाडौं – आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको असार मसान्तसम्म कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १२ करोड २९ लाख ३३ हजार रुपैयाँबराबर रहेको थियो।

विभागका अनुसार समीक्षा अवधिमा आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा आयात १८ खर्ब चार अर्ब १२ करोड २७ लाख रुपैयाँ रहेको थियो। यस्तै, निर्यात पनि १३.८१ प्रतिशतले बढेर तीन खर्ब १५ अर्ब २९ करोड चार लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा निर्यात दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ रहेको थियो।

आयातको वृद्धिदर निर्यातको तुलनामा उच्च रहेकाले व्यापार घाटा थप विस्तार भएको छ। विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा १६.६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब आठ करोड ८५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा व्यापार घाटा १५ खर्ब २७ अर्ब नौ करोड २५ लाख रुपैयाँ रहेको थियो।

तथ्यांकले नेपालको वैदेशिक व्यापारमा आयातको निर्भरता अझै उच्च रहेको देखाएको छ। गत आर्थिक वर्षमा नेपालले एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६.६५ रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। अघिल्लो वर्ष यो अनुपात ६.५१ रुपैयाँ रहेको थियो, जसमा २.१० प्रतिशतले वृद्धि भएको हो।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा भने घटेको छ। अघिल्लो आर्थिक वर्ष १३.३१ प्रतिशत रहेको निर्यातको हिस्सा घटेर १३.०७ प्रतिशतमा सीमित भएको छ। विपरीत, आयातको हिस्सा ८६.६९ प्रतिशतबाट बढेर ८६.९३ प्रतिशत पुगेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/