काठमाडौं — चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालमा १६ लाखभन्दा बढी स्मार्टफोन आयात भएको तथ्यांक सार्वजनिक भएको छ। भन्सार विभागका अनुसार वैशाख ७ गतेसम्मको विवरणअनुसार कुल १६ लाख ७४ हजार २४९ थान स्मार्टफोन देशभित्र भित्रिएका छन्।
यस अवधिमा स्मार्टफोन आयात गर्दा करिब ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ। यद्यपि, सोही आयातबाट सरकारले ६ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको विभागले जनाएको छ।
पछिल्ला वर्षहरूमा नेपालमा स्मार्टफोनको माग तीव्र गतिमा बढ्दै गएको छ। डिजिटल सेवाको विस्तार, इन्टरनेट पहुँचको वृद्धि र अनलाइन गतिविधिहरूमा बढ्दो निर्भरता स्मार्टफोनको प्रयोग वृद्धि हुनुका प्रमुख कारण मानिन्छन्




