spot_img
22.1 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रव्यापाररसुवागढी नाका १५ दिन बन्द हुने, सडक स्तरोन्नतिका लागि आवागमन अवरुद्ध

रसुवागढी नाका १५ दिन बन्द हुने, सडक स्तरोन्नतिका लागि आवागमन अवरुद्ध

काठमाडौं – रसुवागढी नाका आगामी १५ दिनका लागि बन्द हुने भएको छ। नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाकासम्म पुग्ने स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड स्तरोन्नति गर्न लागिएकाले बुधबारदेखि यातायात आवागमन रोकिने जनाइएको छ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका अनुसार उक्त सडकखण्डका करिब १० वटा जटिल स्थानमा रिटेनिङ वाल निर्माण तथा सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यका लागि पूर्ण रूपमा यातायात बन्द गर्नुपर्ने अवस्था आएको हो।

आयोजनाले दिएको जानकारीअनुसार आगामी तीन महिनासम्म प्रत्येक अंग्रेजी महिनाको १ गतेदेखि १५ गतेसम्म सो सडकखण्ड बन्द गरिनेछ। यसपटक भने बुधबारदेखि २ वैशाखसम्म आवागमन रोकिनेछ।

गत वर्ष असार २४ गते चीनतर्फबाट आएको बाढीले सडकको केही भाग क्षतिग्रस्त बनाएपछि अहिले उक्त खण्ड साँघुरो र जोखिमपूर्ण बनेको छ। त्यसैले दीर्घकालीन सुधारका लागि स्तरोन्नतिको काम अघि बढाइएको हो।

चीन सरकारको करिब साढे ६ अर्ब रुपैयाँ अनुदान सहयोगमा चिनियाँ निर्माण कम्पनी ‘सिचाङ थियान्लु’ले १५.५ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा लिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here