
काठमाडौं — सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा ६१ अर्ब पाँच करोड रुपैयाँ ऋण थपेको छ। साउन र भदौमा सरकारले आन्तरिक तथा बाह्य स्रोतबाट उक्त ऋण लिएको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले ६१ अर्ब पाँच करोड रुपैयाँ ऋण लिँदा सोही अवधिमा ७० अर्ब १३ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ।
यस्तै, सरकारले दुई महिनाको अवधिमा ऋणको ब्याजबापत १४ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी गरेको छ। साँवा तथा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भए पनि सरकारले ऋण उठाउने क्रम जारी राखेको छ।
भदौ मसान्तसम्म मुलुकको कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख रुपैयाँ पुगेको छ। उक्त सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४५.०५ प्रतिशत बराबर हो।






Leave a Reply