बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बाढीपहिरो प्रभावित विद्युत् संरचना मर्मत तीव्र, कालीगण्डकी आयोजना पुनः सञ्चालन हुँदै

नेपाल विद्युत् प्राधिकरणले बाढीपहिरोबाट क्षतिग्रस्त विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनाको मर्मत र पुनःस्थापनालाई तीव्रता दिएको छ। वर्षासँगै आएको बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा कुल ४८३ मेगावाट…


विज्ञापनAdvertisement Banner
◷
2 min read

नेपाल विद्युत् प्राधिकरणले बाढीपहिरोबाट क्षतिग्रस्त विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनाको मर्मत र पुनःस्थापनालाई तीव्रता दिएको छ। वर्षासँगै आएको बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा कुल ४८३ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ।

बाढीका कारण कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुगेपछि करिब १९० मेगावाट क्षमताका सातवटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् प्रसारण प्रणालीमा जोडिन सकेको छैन। प्रसारण संरचना क्षतिग्रस्त भएपछि ती आयोजनाबाट उत्पादन हुने विद्युत् प्रवाहमा अवरोध आएको प्राधिकरणले जनाएको छ।

यसैबीच, बाढीपहिरोका कारण बन्द भएको कालीगण्डकी जलविद्युत् केन्द्र पुनः सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्राधिकरणका अनुसार १४४ मेगावाट क्षमताको उक्त जलविद्युत् केन्द्रमा आवश्यक मर्मतसम्भारको काम सम्पन्न गरी सोमबार बेलुकासम्म विद्युत् उत्पादन तथा प्रसारण पुनः सुरु गर्ने तयारी गरिएको छ।

प्राधिकरणले क्षतिग्रस्त उत्पादन तथा प्रसारण संरचनाको अवस्था मूल्यांकन गर्दै आवश्यक मर्मत र पुनःस्थापनाको काम अघि बढाइरहेको जनाएको छ। प्राकृतिक विपत्तिका कारण प्रभावित विद्युत् प्रणालीलाई क्रमशः सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *