spot_img
25 C
Kathmandu
spot_img
Homeवित्तज्योति विकास बैंक लिमिटेड को १८औं वार्षिक साधारणसभा फागुन २८ मा, लाभांश...

ज्योति विकास बैंक लिमिटेड को १८औं वार्षिक साधारणसभा फागुन २८ मा, लाभांश नदिने

काठमाडौं – ज्योति विकास बैंक लिमिटेड ले आफ्नो १८औं वार्षिक साधारणसभा फागुन २८ गते आयोजना गर्ने भएको छ। बैंकको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो।

बैंकले यसअघि पुस ३० गते बसेको सञ्चालक समितिको बैठकमार्फत गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ। त्यसैले यस वर्षको साधारणसभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू प्रस्तुत गरी छलफल तथा अनुमोदन गरिनेछ। साथै सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेड को वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पनि पारित गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभामा पेश गरिने बैंकले जनाएको छ।

साधारणसभा प्रयोजनका लागि बैंकले फागुन १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फागुन १३ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here