Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं - मौसम विज्ञान विभागका अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – मौसम विज्ञान विभागका अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेश, बागमती र गण्डकीका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागसहित कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा तथा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/