spot_img
25 C
Kathmandu
spot_img
HomeUncategorizedएक वर्षमा १२ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए,सबैभन्दा बढी भारतीयको हिस्सा

एक वर्षमा १२ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए,सबैभन्दा बढी भारतीयको हिस्सा

काठमाडौं – गत आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार एक वर्षमा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका हुन् ।

यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा ७.२१ प्रतिशतले धेरै हो । आर्थिक वर्ष २०८१/८२ मा ११ लाख २८ हजार जना पर्यटन हवाइ मार्गबाट नेपाल आएका थिए ।

गएको आर्थिक वर्ष नेपाल आउने पर्यटकमध्ये २५.७६ प्रतिशत अर्थात् तीन लाख ११ हजार ५३१ जना भारतीय नागरिक हुन् । भारतपछि अमेरिकाबाट एक लाख ११ हजार ३२५ र चीनबाट एक लाख नौ हजार ८९२ जना पर्यटक नेपाल आएका छन् ।

बोर्डको तथ्याङ्कअनुसार पर्यटकीय सिजन मानिने कात्तिकमा सबैभन्दा बढी एक लाख २४ हजार ८२९ जना पर्यटक नेपाल आएका छन् । यस्तै, चैतमा एक लाख १९ हजार, फागुनमा एक लाख १४ हजार र असोजमा एक लाख ११ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए ।

सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरेर तयारी समेत अघि बढाएको कारण आउँदो चालु वर्ष पर्यटक संख्या बढ्ने अपेक्षा छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here