Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा लगातार छैटौं दिन हरियाली, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो

काठमाडौं ,साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि उकालो लागेको बजारले मंगलबार पनि सकारात्मक लय कायम राख्दै ७.२५ अंकले वृद्धि…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं ,साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि उकालो लागेको बजारले मंगलबार पनि सकारात्मक लय कायम राख्दै ७.२५ अंकले वृद्धि भएर २७२६.४९ विन्दुमा कारोबार बन्द गरेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.१८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंकले वृद्धि भएको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स भने स्थिर रहेको छ।
बजारसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३४३ वटा स्टकको ७५ हजार १० पटकको कारोबारमार्फत १ करोड ४९ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँ पुगेको छ।
एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य मंगलबार पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ५५ रुपैयाँ ८० पैसाले बढेर ४२८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो। त्यसैगरी, कालंगा हाइड्रोको शेयरमूल्य साढे ७ प्रतिशतले वृद्धि भएको छ भने बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य पनि करिब साढे ७ प्रतिशतले उकालो लागेको छ। विपरीत रूपमा, ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सबैभन्दा धेरै ७.४४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ५५ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको करिब ३१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २७ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
उपसमूहतर्फ हेर्दा कारोबारमा सहभागी १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूह सर्वाधिक २.८८ प्रतिशतले बढेको छ। अन्य उपसमूहमा १ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ भने बैंकिङ्ग, लगानी तथा उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य सुधार भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/