भेनेजुएलाको राजधानी Caracas सहित देशका विभिन्न क्षेत्रमा बुधबार साँझ ४० सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका छन्। भूकम्पका कारण दर्जनौं भवनहरू भत्किएका छन्, सडक तथा पूर्वाधारमा व्यापक क्षति पुगेको छ भने धेरै मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले प्रारम्भिक मूल्याङ्कनमा ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ। उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहे पनि घटनाको पूर्ण विवरण आउन बाँकी रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
भूकम्पको धक्का राजधानी काराकाससहित देशका विभिन्न भागमा महसुस गरिएको थियो। केही समयका लागि सुनामीको चेतावनी जारी गरिए पनि पछि फिर्ता लिइएको छ।
अहिलेसम्म मृतक तथा घाइतेको आधिकारिक संख्या सार्वजनिक नभए पनि प्रारम्भिक रिपोर्टहरूले ठूलो मानवीय क्षतिको संकेत गरेका छन्।




