Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

‘ग्रे लिष्ट’ मा पर्नु: देशको वित्तीय अपराध नियन्त्रण प्रणालीलाई अझ बलियो बनाउने सुनौलो अवसर: गभर्नर

काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल ले फाइनान्सियल एक्सन टाक्सफोर्स को ‘ग्रे लिष्ट’ मा  नाम पर्नु चुनौतीपूर्ण भए तापनि मुलुकको सम्पत्ति शुद्धीकरण र वित्तीय निगरानी प्रणालीलाई सुधार गर्ने ठूलो…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल ले फाइनान्सियल एक्सन टाक्सफोर्स को ‘ग्रे लिष्ट’ मा  नाम पर्नु चुनौतीपूर्ण भए तापनि मुलुकको सम्पत्ति शुद्धीकरण वित्तीय निगरानी प्रणालीलाई सुधार गर्ने ठूलो अवसर को रूपमा लिनुपर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकद्वारा आयोजित ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादलाई आर्थिक सहायता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्दै उनले भने, “ग्रे लिष्टमा पर्नु हाम्रो लागि एक चेतावनी मात्र नभई आगामी सुधारका सम्भावनाहरुको मार्गदर्शक पनि हो । यसले हामीलाई वित्तीय प्रणालीलाई अधिक पारदर्शी, सबल तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउन प्रेरित गर्दछ ।”

गभर्नर पौडेलले वर्तमान डिजिटल प्रविधिको प्रयोगले वित्तीय अपराध गर्ने प्रवृत्ति तीव्र रुपमा बढिरहेको बताउँदै पूर्वसतर्क अवस्थामा रहेका प्रभावकारी नियमन स्रोतसाधनमा लगानी आवश्यकता रहेको उल्लेख गरे । “समस्या भइसकेपछि मात्र प्रतिक्रिया जनाउने शैलीलाई परित्याग गरी अबदेखि अग्रिम तयारी अपनाउनु पर्नेछ ,” उनले जोड दिए ।

उनले थपे, वित्तीय अवैध क्रियाकलापले समाजका स्वास्थ्य, शिक्षा तथा अन्य सामाजिक सेवाहरूमा खर्च हुनुपर्ने स्रोतहरू घटाउने भएकाले सबै तहका वित्तीय संस्थाहरूले सचेत रहनुपर्ने आवश्यकता रहेको छ । सम्मेलनमा नेपाल, भारत, श्रीलंका, बङ्गलादेश तथा मङ्गोलियाका केन्द्रीय बैंकका प्रतिनिधिहरू सहभागी थिए

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/