spot_img
23.1 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रव्यापारनेपालमा चिज आयात बढ्दो, १० महिनामा साढे १७ करोड रुपैयाँ बाहिरियो

नेपालमा चिज आयात बढ्दो, १० महिनामा साढे १७ करोड रुपैयाँ बाहिरियो

काठमाडौं — नेपाल दुग्धजन्य पदार्थमा आत्मनिर्भर रहेको दाबी गरिए पनि चिज (Cheese) को आयात भने निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्मको १० महिनाको अवधिमा नेपालले १७ करोड ५३ लाख ४१ हजार रुपैयाँ बराबरको चिज आयात गरेको छ ।

यस अवधिमा कुल २ लाख ६ हजार ९ सय १७ किलो चिज नेपाल भित्रिएको छ । चिज आयातबाट सरकारले ५ करोड १९ लाख ३३ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

नेपालमा आयात हुने चिजमध्ये सबैभन्दा ठूलो हिस्सा भारतबाट आएको देखिन्छ । १० महिनाको अवधिमा भारतबाट मात्रै १२ करोड ५८ लाख ५५ हजार रुपैयाँ बराबरको १ लाख ५९ हजार १६६ किलो चिज आयात गरिएको छ । भारतबाट विशेषगरी कोरेको, धुलो तथा सामान्य प्रयोगका चिजहरू बढी आउने गरेका छन् ।

यस्तै, युरोपेली मुलुक फ्रान्सबाट २ करोड १७ लाख १५ हजार रुपैयाँ बराबरको २० हजार ४०० किलो चिज आयात भएको छ । फ्रान्सबाट मुख्यतः महँगा तथा प्रोसेस्ड चिज नेपाल भित्रिने गरेको बताइएको छ । फ्रान्सबाट आयात भएको चिजबाट मात्रै सरकारले ६५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

इटालीबाट ६ हजार २५४ किलो चिज आयात गर्दा १ करोड ३२ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ । यसअनुसार इटालीबाट आयात हुने चिजको औसत मूल्य प्रति किलो २ हजार १ सय रुपैयाँभन्दा बढी पर्ने देखिन्छ ।

त्यसैगरी चीनबाट ३३ लाख ४ हजार रुपैयाँ बराबरको १३ हजार ८८८ किलो चिज आयात भएको छ भने अस्ट्रेलियाबाट २२ लाख ४० हजार रुपैयाँ बराबरको ५७८ किलो चिज भित्रिएको छ ।

अन्य मुलुकमध्ये जर्मनीबाट २० लाख ९१ हजार रुपैयाँ, नेदरल्यान्ड्सबाट १६ लाख १७ हजार रुपैयाँ तथा डेनमार्कबाट ३ लाख ६८ हजार रुपैयाँ बराबरको चिज नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । यस्तै संयुक्त अरब इमिरेट्स (यूएई), कतार र अमेरिकाबाट पनि सीमित परिमाणमा चिज आयात हुने गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here