Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी वायुको प्रभाव कायम, सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं — नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा अहिले वर्षा भइरहेको छ। महाशाखाले…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा अहिले वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । कर्णाली प्रदेशको हिमाली भूभाग र मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/