Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

इंग्ल्यान्डविरुद्धको खेल हेर्न मुम्बई पुगे नेपाली समर्थक

मुम्बई — आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्डविरुद्ध हुने खेललाई लिएर नेपाली क्रिकेट समर्थकहरू अत्यन्त उत्साहित देखिएका छन्। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा हुने यस महत्वपूर्ण खेल हेर्न नेपालसहित विभिन्न देशबाट आएका…


विज्ञापनAdvertisement Banner
2 min read

मुम्बई — आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्डविरुद्ध हुने खेललाई लिएर नेपाली क्रिकेट समर्थकहरू अत्यन्त उत्साहित देखिएका छन्। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा हुने यस महत्वपूर्ण खेल हेर्न नेपालसहित विभिन्न देशबाट आएका समर्थकहरू पहिले नै मुम्बई पुगिसकेका छन्।

विश्व क्रिकेटमा शक्तिशाली टोली मानिने इंग्ल्यान्डसँगको पहिलो खेलमै राम्रो प्रदर्शन गर्दै प्रतियोगनाको सुखद सुरुवात गर्ने आशा नेपाली समर्थकहरूले व्यक्त गरेका छन्। उनीहरूका अनुसार नेपालले आत्मविश्वासका साथ खेलेमा ठूलो टोलीलाई चुनौती दिन सक्ने क्षमता राख्छ।

नेपाल यस पटकको टी–२० विश्वकपको समूह ‘सी’ मा परेको छ। यस समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली पनि रहेका छन्। समूह चरणका सबै खेलहरू मुम्बईकै वानखेडे रंगशालामा आयोजना हुनेछन्।

यो प्रतियोगिता नेपालका लागि तेस्रो टी–२० विश्वकप सहभागिता हो। विगतका प्रतियोगिताबाट अनुभव बटुलेको नेपाली टोलीले यस पटक अझ परिपक्व प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। विशेष गरी इंग्ल्यान्डजस्तो बलियो टोलीविरुद्धको खेलले नेपाली क्रिकेटको स्तर अन्तर्राष्ट्रिय मञ्चमा थप उजागर गर्ने विश्वास समर्थकहरूको छ।

विदेशमा भए पनि नेपाली समर्थकहरूको बाक्लो उपस्थिति र उत्साहले खेल मैदानमा नेपाली टोलीलाई ठूलो हौसला मिल्ने अनुमान गरिएको छ। समर्थकहरू नेपाल क्रिकेटका लागि यो विश्वकप ऐतिहासिक बन्ने आशामा छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/