काठमाडौं — विशेष अदालतले व्यवसायी दिपक भट्ट र शुलभ अग्रवाल माथि अनुसन्धान जारी राख्न थप १२ दिनको म्याद दिएको छ।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला को संयुक्त इजलासले उक्त निर्णय गरेको हो।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेका भट्टलाई पाँचौं पटक १२ दिनको म्याद थप गरिएको हो भने अग्रवाललाई छैटौं पटक समान अवधिको म्याद थप गरिएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।




