यस साता ओटीटी प्लेटफर्महरूमा ११ वटा नयाँ फिल्म र वेब सिरिज सार्वजनिक भएका छन्। विभिन्न विधा समेटिएका यी सामग्रीले दर्शकलाई घरमै बसेर मनोरञ्जन लिने अवसर दिएको छ।
अप्रिल २० देखि २६ सम्मको अवधिमा रिलिज भएका यी सामग्रीहरूमा थ्रिलर, एक्शन, ड्रामा, रोमान्सदेखि के–ड्रामा शैलीसम्मका कथा समावेश छन्। फरक–फरक स्वादका दर्शकलाई लक्षित गर्दै सामग्री तयार गरिएको जनाइएको छ।
यस साता चर्चामा रहेका शीर्षकहरूमा ‘Marty Supreme’, ‘Nukkad Naatak’, ‘Prathichaya’, ‘Unchosen’, ‘Santita’, ‘Sold Out On You’, ‘Flunked’, ‘Running Point’ (Season 2), ‘Apex’ र ‘If Wishes Could Kill’ लगायत रहेका छन्।
यीमध्ये केही सामग्री २१, २२, २३ र २४ अप्रिलका विभिन्न दिनमा सार्वजनिक भएका हुन्, जसले हप्ताभर नै नयाँ–नयाँ सामग्री हेर्ने अवसर दिएको छ।
नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, जियोहटस्टार र अन्य प्रमुख प्लेटफर्ममा उपलब्ध यी फिल्म तथा सिरिजले मनोरञ्जनप्रेमीलाई फरक–फरक अनुभव दिने अपेक्षा गरिएको छ।
विविध कथावस्तु र शैलीका कारण यो साता ओटीटी सामग्रीका हिसाबले निकै व्यस्त र आकर्षक रहने देखिएको छ।




