Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आईपिएल सुरु हुनै लाग्दा राजस्थान रोयल्सको स्वामित्व परिवर्तन, अमेरिकी व्यवसायीले किने १।६३ अर्ब डलरमा

विश्वकै ठुलो मध्यको एक क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपिएल) को नयाँ सिजन सुरु हुन केही दिन मात्रै बाँकी रहँदा एक ठूलो व्यावसायिक कारोबार सार्वजनिक भएको छ। प्रतियोगितामा सहभागी फ्रेन्चाइज टोली राजस्थान…


विज्ञापनAdvertisement Banner
1 min read

विश्वकै ठुलो मध्यको एक क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपिएल) को नयाँ सिजन सुरु हुन केही दिन मात्रै बाँकी रहँदा एक ठूलो व्यावसायिक कारोबार सार्वजनिक भएको छ। प्रतियोगितामा सहभागी फ्रेन्चाइज टोली राजस्थान रोयल्स नयाँ स्वामित्वमा जाने भएको छ।

उक्त टोली अमेरिकी व्यवसायी काल सोमानीले १।६३ अर्ब अमेरिकी डलर (नेपाली रुपैयाँ करिब २ खर्ब १७ अर्ब ६० करोड) मा खरिद गरेका हुन्। यसअघि टोलीको सबैभन्दा ठूलो हिस्सेदार भारतीय उद्योगपति मनोज बडा रहेका थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो सम्झौता विश्वभरका खेलकुद फ्रेन्चाइजहरूबीच हालसम्मकै सबैभन्दा महँगो खरिद–बिक्रीमध्ये एक मानिएको छ।

यो कारोबारलाई पूर्णता दिन भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को औपचारिक स्वीकृति आवश्यक पर्नेछ। बोर्डबाट अन्तिम अनुमति प्राप्त भएपछि स्वामित्व हस्तान्तरण प्रक्रिया सम्पन्न हुनेछ । आईपिएलको नयाँ संस्करण यसै सातादेखि सुरु हुने तयारीमा छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/