Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल राष्ट्र बैंकद्वारा १ अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी

काठमाडौं - नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सूचना जारी गर्दै आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सूचना जारी गर्दै आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा मुद्दती निक्षेपका रूपमा राख्न लागिएको जनाएको हो।

राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ निक्षेप गरिनेछ।

उक्त रकम ३ सय ६६ दिनका लागि मुद्दती निक्षेपमा राखिनेछ। निक्षेप अवधि सन् २०२६ फेब्रुअरी २७ देखि सन् २०२७ फेब्रुअरी २७ सम्म रहनेछ।

रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले कार्तिक १४ गते बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले समय–समयमा आफ्नो विभिन्न कोषमा रहेको रकम बैंकिङ प्रणालीमार्फत मुद्दती निक्षेपमा लगानी गर्दै आएको छ। यसबाट बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/