spot_img
19.1 C
Kathmandu
spot_img
Homeविचारनिर्वाचन कि उत्तेजनाको रंगमञ्च?

निर्वाचन कि उत्तेजनाको रंगमञ्च?

नेपालमा निर्वाचन नजिकिँदै गर्दा राजनीति जिम्मेवारी र दृष्टिकोणको अभ्यास हुनुपर्ने बेला हो। तर, अहिलेको दृश्य ठीक उल्टो छ। नीति, कार्यक्रम र समाधानको प्रतिस्पर्धा हुनुपर्ने चुनावी माहोल नाराबाजी, उक्साहट र भीडको प्रदर्शनमा सीमित हुँदै गएको छ। लोकतन्त्रको पर्व भनिने निर्वाचन क्रमशः उत्तेजनाको रंगमञ्चमा रूपान्तरण हुँदै जानु गम्भीर चिन्ताको विषय हो।

चुनावी एजेन्डा तय गर्ने समय सडकमा शक्ति प्रदर्शनमा खर्च भइरहेको छ। कतिपय स्थानमा एक दलले अर्को दलको झण्डा जलाउनेजस्ता उत्तेजक गतिविधि गरेका छन्, त्यसको प्रतिक्रियामा अर्को दलले राँके जुलुस प्रदर्शन र आक्रामक प्रदर्शनमार्फत आफ्नो ‘ताकत’ देखाउने प्रयास गरेको छ। यस्ता घटनाले राजनीतिक संस्कारको स्तर कति खस्किएको छ भन्ने स्पष्ट संकेत दिन्छ। असहमतिको उत्तर बहस र तर्क हुनुपर्ने हो, तर यहाँ प्रदर्शन र प्रतिशोधलाई राजनीति बनाइँदैछ।

यो प्रवृत्ति संयोग होइन, योजनाबद्ध पतन हो। दलहरूलाई थाहा छ एजेन्डामा प्रश्न उठे जवाफ दिन गाह्रो पर्छ। बेरोजगारी, शिक्षा र स्वास्थ्यको कमजोर अवस्था, कृषि र उद्योगको अवनति, युवाको पलायन, सुशासनको अभाव यी विषयमा ठोस उत्तर दिन नसक्नेहरूले भावनात्मक उक्साहटलाई हतियार बनाएका छन्। भीड त जुट्छ, तर समाधान जन्मिँदैन।

सबैभन्दा ठूलो पीडा युवाको हो। भविष्य खोज्दै देश छाडिरहेका युवाले आज पनि स्पष्ट उत्तर पाएका छैनन् यहाँ अवसर कसरी सिर्जना हुन्छ? किसान अझै उत्पादनको मूल्य नपाएर रोइरहेका छन्, साना उद्यमी नीतिगत अस्थिरताले थलिएका छन्, र सेवाग्राही सार्वजनिक कार्यालयमा निराश भएर फर्किरहेका छन्। तर चुनावी मञ्चमा यी आवाजभन्दा ठूलो स्वर नाराको छ।

लोकतन्त्रको मूल्य मतपत्रमा मात्र होइन, राजनीतिक आचरणमा पनि मापन हुन्छ। झण्डा जलाउने र राँके जुलुस प्रदर्शन गर्ने प्रतिस्पर्धाले मतदातालाई सचेत होइन, भयभीत बनाउँछ। यसले चुनाव जित्न मद्दत गर्ला, तर राष्ट्र निर्माणको आधार कमजोर बनाउँछ। आज उक्साहट जित्ला, भोलि संस्थागत राजनीति हार्छ।

राजनीतिक संस्कृति बिना सुशासन र सबल लोकतन्त्रको कल्पना नै गर्न सकिँदैन। संविधान, कानुन र संस्थाहरू कागजमा जति नै बलिया किन नदेखिऊन्, तिनलाई जीवन्त बनाउने तत्व भनेको राजनीतिक आचरण हो। जब राजनीति सिद्धान्तभन्दा स्वार्थ, सहमतिभन्दा शक्ति प्रदर्शन र बहसभन्दा उक्साहटमा सीमित हुन्छ, तब शासन प्रणाली खोक्रो बन्छ र लोकतन्त्र औपचारिकतामा मात्र सिमित रहन्छ।

सबल राजनीतिक संस्कृति भनेको असहमतिको सम्मान, आलोचनालाई स्वीकार गर्ने क्षमता र सत्ता–विपक्ष दुवैको जिम्मेवारीबोध हो। यही संस्कार नहुँदा सत्ता दुरुपयोग, संस्थागत क्षय र जनविश्वासको पतन तीव्र हुन्छ। सुशासन कुनै घोषणाले होइन, व्यवहारले स्थापित हुन्छ, र त्यो व्यवहार राजनीति भित्रैबाट सुरु हुनुपर्छ। त्यसैले, राजनीतिक संस्कृतिको सुधारबिना न त उत्तरदायी शासन सम्भव छ, न त दीर्घकालीन रूपमा मजबुत लोकतन्त्रको निर्माण।

अब प्रश्न मतदातातर्फ पनि फर्किनुपर्छ। भीड देखेर होइन, योजना हेरेर मत हाल्ने साहस चाहिएको छ। दलहरूले नाराभन्दा नीति सार्वजनिक गर्नुपर्छ के गर्ने, कसरी गर्ने, कहिलेसम्म गर्ने। नागरिकले पनि प्रश्न गर्न छोड्नु हुँदैन । तपाईंको एजेन्डा के हो?

निर्वाचन केवल सत्ता हस्तान्तरणको प्रक्रिया होइन; यो देशको दिशा तय गर्ने ऐना हो। यदि यो ऐनामा आज उक्साहट र खाली नारामात्र देखियो भने भोलि पछुतो बाँकी रहनेछ। अबको आवश्यकता स्पष्ट छ, भीडको राजनीति त्यागेर एजेन्डाको राजनीतितर्फ फर्किनु। नत्र निर्वाचन जितिएला, तर लोकतन्त्र हार्नेछ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here