Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अमेरिकी डलर र युरोको भाउ बढ्यो, अन्य मुद्राको अवस्था कस्तो ?

काठमाडौं — नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दरअनुसार प्रमुख विदेशी मुद्राहरूको भाउमा सामान्य वृद्धि देखिएको छ। विशेषगरी अमेरिकी डलर र युरोको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ। आज अमेरिकी डलर…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दरअनुसार प्रमुख विदेशी मुद्राहरूको भाउमा सामान्य वृद्धि देखिएको छ। विशेषगरी अमेरिकी डलर र युरोको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८५ पैसा र बिक्री दर १५२ रुपैयाँ ४५ पैसा कायम भएको छ। सोमबार भने यसको खरिद दर १५१ रुपैयाँ ५६ पैसा र बिक्री दर १५२ रुपैयाँ १६ पैसा रहेको थियो।

त्यस्तै, युरोको खरिद दर १७७ रुपैयाँ ६८ पैसा र बिक्री दर १७८ रुपैयाँ ३८ पैसा पुगेको छ। अघिल्लो दिन यसको खरिद दर १७७ रुपैयाँ ६४ पैसा र बिक्री दर १७८ रुपैयाँ ३५ पैसा थियो।

अन्य मुद्रातर्फ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर २०५ रुपैयाँ ६५ पैसा र बिक्री दर २०६ रुपैयाँ ४६ पैसा रहेको छ। स्वीस फ्रयांकको खरिद दर १९३ रुपैयाँ ७० पैसा र बिक्री दर १९४ रुपैयाँ ४६ पैसा कायम भएको छ।

यस्तै, अष्ट्रेलियन डलरको खरिद दर १०९ रुपैयाँ ०४ पैसा र बिक्री दर १०९ रुपैयाँ ४७ पैसा रहेको छ भने जापानी येन (१० एकाइ) को खरिद दर ९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ।

दक्षिण कोरियन वन (१०० एकाइ) को खरिद दर १० रुपैयाँ ३१ पैसा र बिक्री दर १० रुपैयाँ ३५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय दर बजारको अवस्था अनुसार परिवर्तन हुन सक्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/