Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्य ज्योति लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाडौं— एनआईसी एशिया बैंक लिमिटेड ले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को संस्थापक समूहअन्तर्गतको शेयर बिक्री प्रक्रिया अघि बढाएको छ। बैंकले गोप्य शिलबन्दी बोलपत्रमार्फत कुल ८ लाख ८७ हजार…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं— एनआईसी एशिया बैंक लिमिटेड ले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को संस्थापक समूहअन्तर्गतको शेयर बिक्री प्रक्रिया अघि बढाएको छ।

बैंकले गोप्य शिलबन्दी बोलपत्रमार्फत कुल ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको जनाएको छ। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ।

बोलपत्र पेश गर्ने प्रक्रिया सोमबार (वैशाख २१) देखि सुरु भएको छ भने इच्छुक लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण उपलब्ध कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। बोलपत्र बुझाउने अन्तिम मिति वैशाख २८ गते कार्यालय समयभित्र तोकिएको छ।

यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिने गरी ३५ दिने सूचना जारी गरिसकेकोले अब सर्वसाधारणसहित अन्य लगानीकर्ताहरूका लागि पनि आवेदन खुला गरिएको बैंकले जनाएको छ।

बोलपत्र आवेदन फाराम काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेड बाट प्राप्त गर्न सकिनेछ। साथै, बैंकका विभिन्न शाखा कार्यालयहरू—विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पनि फाराम प्राप्त गरी सोही स्थानमा बुझाउन सकिने व्यवस्था मिलाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/