spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारलाभांश नलिएका सेयरधनीलाई ३० दिनभित्र बुझिलिन युनिलिभर नेपालको आग्रह

लाभांश नलिएका सेयरधनीलाई ३० दिनभित्र बुझिलिन युनिलिभर नेपालको आग्रह

काठमाडौं — युनिलिभर नेपाल लिमिटेड ले विगत पाँच वर्षदेखि नलिइएको लाभांश रकम सम्बन्धित शेयरधनीलाई ३० दिनभित्र बुझिलिन आग्रह गरेको छ। कम्पनीको २७औँ वार्षिक साधारणसभाबाट पारित लाभांशमध्ये केही रकम हालसम्म पनि दाबी नभएको जनाएको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०७६/०७७ को कुल ६ लाख ९३ हजार ३३० रुपैयाँ बराबरको लाभांश अझै भुक्तानी हुन बाँकी रहेको छ। सम्बन्धित शेयरधनी वा उनीहरूका हकवालाले हालसम्म उक्त रकम नलिएको जानकारी दिइएको छ।

उक्त लाभांश रकम लक्ष्मी सनराइज क्यापिटल लिमिटेड मा रहेको शेयर रजिष्ट्रारको कार्यालयमार्फत लिन सकिने व्यवस्था गरिएको छ। यसका लागि शेयरधनीहरूले आफ्नो शेयर प्रमाणपत्र तथा परिचय खुल्ने कागजातसहित निर्धारित समयभित्र कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

कम्पनीले तोकिएको ३० दिनको अवधिभित्र लाभांश नलिएमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने स्पष्ट पारेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here