Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेशनल लघुवित्तको ५८ हजार शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं - नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड ले सर्वसाधारणका लागि ५८ हजार १५६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीका अनुसार संस्थापक शेयरधनीहरू सुवाष भट्टराईको ४८ हजार ६५६ कित्ता, माधव प्रसाद अधिकारीको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड ले सर्वसाधारणका लागि ५८ हजार १५६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

कम्पनीका अनुसार संस्थापक शेयरधनीहरू सुवाष भट्टराईको ४८ हजार ६५६ कित्ता, माधव प्रसाद अधिकारीको २ हजार कित्ता र श्याम बहादुर गुरुङको ७ हजार ५०० कित्ता शेयर बिक्रीमा राखिएको हो।

प्रचलित व्यवस्था अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाकै विद्यमान संस्थापक शेयरधनीहरूलाई दिइनुपर्ने प्रावधान बमोजिम कम्पनीले ३५ दिनको समय उपलब्ध गराएको थियो। तर सो अवधिसम्म पनि शेयर बिक्री नभएपछि अब उक्त शेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।

शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले वैशाख २२ गतेभित्र काभ्रेपलाञ्चोक जिल्लाको बनेपा–१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदन बैंकिङ समयभित्र बुझाइसक्नुपर्ने पनि कम्पनीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/