spot_img
20.9 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारसाताभरि नेप्सेमा गिरावट, कारोबार रकम २७ अर्ब नाघ्यो

साताभरि नेप्सेमा गिरावट, कारोबार रकम २७ अर्ब नाघ्यो

काठमाडौं — साताभरि शेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक समग्रमा ४९.६९ अंकले घट्दै साताको अन्त्यमा २७ सयको आसपासमा बन्द भएको छ। यस अवधिमा कुल कारोबार रकम २७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

सातामा पाँच दिन कारोबार हुँदा चार दिन बजार ओरालो लागेको थियो भने एक दिन मात्र सामान्य सुधार देखिएको थियो। साताको सुरुवातमै सोमबार नेप्से १३.१७ अंकले घटेको थियो। त्यसपछि मंगलबार १८.१० अंकले घट्दै बजारमा थप दबाब सिर्जना भयो। बुधबार २.९५ अंकको गिरावट र बिहीबार १७.०१ अंकको तीव्र कमीले बजारलाई २८ सयको स्तरबाट तल झार्दै २७ सयको विन्दुसम्म ल्यायो।

साताको अन्तिम दिन शुक्रबार भने बजारमा सामान्य सुधार देखियो। सो दिन नेप्से १.५४ अंकले बढेर लगानीकर्तालाई केही राहत दिएको थियो।

कारोबार रकमतर्फ हेर्दा सोमबार ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो। मंगलबार यो बढेर ५ अर्ब ६६ करोड रुपैयाँ पुगेको थियो भने बुधबार सबैभन्दा बढी ७ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो। बिहीबार कारोबार घटेर ४ अर्ब ९९ करोड रुपैयाँमा सीमित रह्यो भने शुक्रबार पुनः ५ अर्ब १६ करोड रुपैयाँ पुगेको थियो।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here