spot_img
25 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारनेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ५ अर्बमा सीमित

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ५ अर्बमा सीमित

काठमाडौं — नेपालमा सेयर बजार बिहीबार दोहोरो अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.०१ अंकले घट्दै २,७८७ विन्दुमा झरेको हो।

आजको कारोबारमा बजार व्यापक रूपमा दबाबमा देखिएको छ। कुल ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा सहभागी कम्पनीहरूमध्ये ४६ कम्पनीका सेयर मूल्य बढ्दा २१६ कम्पनीका सेयर घटेका छन्।

कारोबार रकमका आधारमा रिलायन्स स्पीनिङ मिल्स अग्रस्थानमा रह्यो, जसको ३० करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसैगरी सोलु हाइड्रो को २६ करोड ७ लाख रुपैयाँ र आँखुखोला जलविद्युत कम्पनी को २६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नाफा कमाउने कम्पनीतर्फ पाल्पा सिमेन्ट र शिखर पावर कम्पनी का लगानीकर्ताले करिब १४.९९ प्रतिशतसम्म प्रतिफल कमाएका छन्। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक का लगानीकर्ताले ९ प्रतिशत नाफा कमाए।

यता घाटा हुने कम्पनीमा सूर्यकुण्ड हाइड्रो अगाडि रह्यो, जसका लगानीकर्ताले करिब ११ प्रतिशतसम्म घाटा बेहोरे।

उपसूचकतर्फ भने सबै १० समूह राताम्य देखिएका छन्। होटल तथा पर्यटन समूह १.४२ प्रतिशतले घट्दा निर्जीवन बीमा समूह १.१९ प्रतिशतले घटेको छ। त्यस्तै फाइनान्स समूह १.०६ प्रतिशत र जलविद्युत समूह १.०५ प्रतिशतले ओरालो लागेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here