Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल लाइफको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० हजार कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थालाई सहभागी हुन आह्वान गर्दै खुला रूपमा शेयर खरिदको अवसर दिएको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० हजार कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थालाई सहभागी हुन आह्वान गर्दै खुला रूपमा शेयर खरिदको अवसर दिएको हो।

कम्पनीका अनुसार प्रतिकित्ता न्यूनतम मूल्य रु ४०१ तोकिएको छ। खरिद गर्न चाहनेले गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ, जसमा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

बोलपत्र पेश गर्ने अवधि आज वैशाख १० गतेदेखि सुरु भई वैशाख २४ गते बैंकिङ समयभित्र रहनेछ। इच्छुक लगानीकर्ताले काठमाडौँको कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको कार्यालयबाट बोलपत्र फाराम प्राप्त गर्न तथा सोही स्थानमा बुझाउन सक्नेछन्।

कम्पनीले यस लिलामीमार्फत संस्थापक समूहको शेयर बिक्री गरी लगानीकर्तालाई थप अवसर प्रदान गर्ने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/