Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आयोजना प्रभावितलाई स्नो रिभर्सको आईपीओ बाँडफाँड

काठमाडौं— स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको जानकारीअनुसार बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडमार्फत वैशाख ७…


विज्ञापनAdvertisement Banner
2 min read
Wooden blocks with the word IPO and virtual stock graph. Initial Public Offering or stock launch concept.

काठमाडौं— स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको जानकारीअनुसार बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडमार्फत वैशाख ७ गते सोमबार आईपीओ बाँडफाँड गरिएको हो।

कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतमध्ये स्थानीयका लागि छुट्याइएको ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरका ९ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो। प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिएको उक्त शेयर चैत ९ गतेदेखि २३ गतेसम्म बिक्री खुला गरिएको थियो।

उक्त शेयरमध्ये ४ लाख ६८ हजार ७५० कित्ता ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का अति प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो भने बाँकी ४ लाख ६८ हजार ७५० कित्ता अन्य प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिएको कम्पनीले जनाएको छ।

बाँडफाँडमा शेयर नपरेका वा आंशिक रुपमा शेयर प्राप्त गरेका आवेदनकर्ताहरूको रकम वैशाख १० गते बिहीबारदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने जानकारी दिइएको छ। कम्पनीका अनुसार स्थानीय स्तरमा लगानीको अवसर विस्तार गर्ने उद्देश्यले आईपीओ निष्काशन गरिएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/