Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले वैशाख १७ देखि आईपीओ निष्काशन गर्ने

काठमाडौं— माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड ले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) वैशाख १७ गतेदेखि खुला गर्ने भएको छ। कम्पनीले कुल ८६ करोड रुपैयाँ जारी पूँजीमध्ये २५…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं— माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड ले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) वैशाख १७ गतेदेखि खुला गर्ने भएको छ।

कम्पनीले कुल ८६ करोड रुपैयाँ जारी पूँजीमध्ये २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। प्रति कित्ता १०० रुपैयाँ अंकित दर कायम गरिएको छ।

निष्काशन गरिने कुल शेयरमध्ये १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने बाँकी २० प्रतिशत अर्थात १७ लाख २० हजार कित्ता सर्वसाधारणका लागि विनियोजन गरिएको छ। सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत सोलुखुम्बु जिल्ला को सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ लाई अति प्रभावित क्षेत्रको रूपमा वर्गीकरण गर्दै ३ लाख ४४ हजार कित्ता शेयर छुट्याइएको छ। सोही नगरपालिकाका अन्य वडाका बासिन्दाका लागि ५ लाख १६ हजार कित्ता शेयर विनियोजन गरिएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्नेछ। स्थानीय बासिन्दाले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख २३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। दुवै समूहका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइनेछ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेड लाई दिइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/